काठमाडौँ । सामाजिक सञ्चालमा प्रा. डा. उपेन्द्र देवकोटाको बारेमा फैलाएको अप्रिय घट्नाबारे अस्पताल प्रशासनले अफवाह भएको जनाएको छ ।
नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले शनिबार एक विज्ञप्ती जारी भ्रामक सुचनामाथि विश्वास नगर्न आग्रह गरेको छ ।
वरिष्ठ न्यूरो सर्जन प्रा डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पताल तथा देवकोटा परिवारले प्रा डा देवकोटाको स्वास्थ्यावस्थाका बारेमा चासो राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
Categorized in स्वास्थ्य