काठमाडौं । काठमाडौँ उपत्यकाका मंगलबार ६२ जना कोरोना संक्रमित थपिएका छन ।
उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार आज देशभर थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ । आज ६५ जना नयाँ डिस्चार्ज भएसँगै निको हुनेको संख्या १५०२६ जना पुगेको छ ।
Categorized in राष्ट्रिय