७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिए


प्रकाशित: आईतवार, १८ श्रावण २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमण पुष्टि भएको हो ।  


आइतबार देशभर कोरोनाका २ सय ४६ जना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।


त्यसैगरी विगत २४ घण्टामा  १ सय ११ जना कोरोनाबाट निको भइ घर फर्किएका छन ।  यीसहित कुल निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ ।


प्रवक्ता गौतमले नेपालमा कुल संक्रमितमध्ये ८० प्रतिशत निको भइसकेको बताए ।


विगत २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म ३ लाख ९१ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex