७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिए


प्रकाशित: बिहिवार, १५ श्रावण २०७७, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार ४५ जनामा कोरोना संक्रमण थपिएको छ । 


काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २÷२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार काठमाडौंमा थपिएका ४१ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १३ जना, शिक्षण अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा ३ जना र स्टार अस्पतालमा २ जनामा संक्रमण देखिएको हो ।


आज देशभर कोरोनाका २ सय ७४ जना संक्रमित थपिएका हुन ।  योसँगै देशभर कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।


त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट २ सय २७ जना निको भइ घर फर्किएका छन ।  यीसहित हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन । 


६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ । हाल देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex