१२ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौंमा २ जना र ललितपुरमा एक जना कोरोना संक्रमित थपिए


प्रकाशित: सोमवार, ५ साउन २०७७, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा सोमवार ३ जना कोरोना संक्रमित थपिएको छ । 


काठमाडौंमा २ जना र ललितपुरमा एक जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


देशभर १  सय ८६  जना कोरोनाका संक्रमित थपिएका हुन । यो सँगै संक्रमितको संख्या १७  हजार ८ सय ४४ जना पुगेका छन । 


मन्त्रालयका अनुसार आज विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएसँगै हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन ।


विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex