१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भोलीदेखि कोरिया भाषा परिक्षा सुरु, एक घण्टा अघि हाजिर हुनुपर्ने


प्रकाशित: शुक्रबार, २५ जेठ २०७५, १७ः१२ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौँ । नेपाली युवाहरुको रोजगारीको लागि आकर्षण केन्द्र बनेको दक्षिण कोरियाको भाषा परिक्षा भोली देखि सुरु हुने भएको छ ।

 
आईतबार सम्म चल्ने सो भाषा परिक्षाको लागि परिक्षा केन्द्रमा परिक्षार्थीहरु एक घण्टा अघि नै उपस्थित हुनु पर्ने प्रावधान लागु गरेको छ ।


दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिएका छन् ।


यस परीक्षा लिन भनेर कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन । परिक्षा बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने जनाएको छ ।

 
काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex