काठमाडौँ । होटल, रेष्टुँरा संचालक र मजदुरबिच शुक्रबार भएको १९ बुँदे सम्झौतापछि अब मजदुरले सेवा शुल्क बापत ७२ प्रशितत पाउने भएको छ ।
केही समय अघि होटल सञ्चालक र कार्यरत मजदूरबीच सेवा शुल्क वितरण सम्बन्धमा विवाद चलिरहेको विवाद आजको सम्झौताले अन्त गरेको छ ।
सम्झौता अनुसार कूल सेवा शुल्कको ७२ प्रतिशत हिस्सा मजदूरले पाउनेछ भने २३ प्रतिशत रकम सम्बन्धित होटल प्रतिष्ठानले मर्मत तथा सीप विकासका लागि राख्न पाउने छन् ।
त्यसैगरी २ प्रतिशत दुई प्रतिशत रकम होटल संघ र रेबानले पाउने भएको छन् । सम्झौतामा हस्ताक्षर गरेका तीन वटा होटल रेस्टुराँ सम्बन्धी मजदूर युनियनले एक÷ एक प्रतिशत रकम पाउनेछन ।
नयाँ सम्झौता अनुसार कूल तलबको पाँच प्रतिशत रकम मात्र वार्षिक रुपमा वृद्धि हुनेछ । यसअघि सबै ग्रेडिङलाई वार्षिक रुपमा तलबमा जोडेर तलब वृद्धि गर्दै आएको थियो ।
सन् २००६ डिसेम्बरदेखि होटल तथा रेष्टुराँमा मजदूरलाई उपलब्ध गराउने गरी सेवा शुल्क लगाएको थियो ।
Categorized in अर्थबजार