२८ आश्विन २०८३, बुधबार
Header

काठमाडौंमा आ.ब.२०७४/०७५ को चैतसम्म ८९ वटा बलात्कार



काठमाडौं । काठमाडौंमा ९ महिना यता ८९ वटा बलात्कारको घटना भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 
आर्थिक वर्ष २०७४/०७५ को चैतसम्म ८९ वटा बलात्कारको घटनामा महिला र बालबालिका बालात्कृत भएको आज भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित जबरजस्तीकरणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्य योजनामाथि छलफल कार्यक्रममा प्रस्तुति दिँदै परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले जानकारी दिएका छन् ।
परिसरका अनुसार यसअघि आर्थिक वर्ष ०७१/०७२ मा ९२, ०७२०/७३ मा ९९, ०७३/०७४ मा ११२ जबरजस्तीकरणीका घटना भएका थिए ।
प्रहरीले महिला तथा बालिकामाथि हुने अपराधको नियन्त्रणका लागि ३ कार्यक्रम समेत सार्वजनिक गरिएको छ । जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानुन कार्यान्वयमा फितलोपन र सांस्कृति विचलन जस्ता कारणले जबरजस्तीकरणीका घटना बढिरहेका छन् ।
पछिल्ला समय देखिएका बलात्कारका घटनामा पीडितलाई ललाइफकाइ, डर, त्रास देखाएर, धम्की दिएर, विवाह गर्छु भनेर वा अन्य विभिन्न किसिमका प्रलोभन देखाएर जबरजस्तीकरणी हुने गरेको देखिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex