१८ बैशाख २०८१, मंगलबार
Header

काठमाठौं उपत्यका सिल गरेर अर्थतन्त्र चलायमान बनाऔंः प्रमुख शाक्य


प्रकाशित: मंगलवार, १३ जेठ २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाको नाकामा कडाई नहुँदा कोरोनाको जोखिम बढ्दै गएपछि काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले नाक कडा पार्नमा जोड दिएका छन ।


प्रमुख शाक्यले उपत्यका पूर्णरुपमा सील गरेर भएका जनशक्तिलाई परिचालन गरेर उद्योग, कलकारखाना र निर्माणका काम अघि बढाउने रणनीति तय गर्न आग्रह गरेका छन ।

 
‘काठमाडौँ उपत्यका संघीय राजधानी हो । यहाँका उद्योग नचल्दा अर्थतन्त्रमा गम्भीर असर पर्छ । यहाँका उद्योग–धन्दा महिनौँसम्म ठप्प हुँदा देशको अर्थतन्त्रमा नै नकरात्मक सूचक देखापर्छ । यो बारेमा पनि गम्भीर भएर सोच्नुपर्छ,’ प्रमुख शाक्यले भने । 


अहिले उपत्यकाका नाकामा कडा गरेर कोरोना भित्रन नदिनु सरकारको प्रमुख दायित्व भएको प्रमुख शाक्यको भनाई छ ।


प्रमुख शाक्यले भने, ‘परीक्षणका नाममा खर्च बढ्ने अनि आन्दामीका स्रोतहरु बन्द हुने हो भने हामी दोहोरो मारमा पर्छौ र झन भयावह अवस्था आउन सक्छ ।’ 


अहिले उपत्यकामा जति जनशक्ति छ, त्यसैले सामाजिक दुरी कायम गर्ने, सुरक्षाका सबै उपाय अपनाउने गरेर अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने प्रमुख शाक्यले वताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD