काठमाडौं । इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य उत्कृष्ट राजदूतको रुपमा सम्मानित भएकी छिन् ।
राजदूत शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’बाट सम्मानित भएकी हुन् ।
एम्बेसडर क्लब अफ इजरायलले नेपाली राजदूत शाक्यलाई उक्त सम्मान दिने निर्णय गरेको हो ।
सम्मान इजरायलको स्वतन्त्रता दिवसका अवसर पारेर प्रदान गरिने जनाइएको छ । ‘एम्बेसडर क्लब अफ इजरायल’का निर्देशक समितिले इजरायलमा रहेका ९० कूटनीतिक नियोगबाट शाक्यलाई छनोट गरिएको जनाएको छ ।
Categorized in समाज