काठमाडौं । आज थप २५ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधवार मन्त्रालयका प्रवक्ता डा. विकासका देवकोटाका अनुसार बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपरसाीमा एक जना कोरोना संक्रमित पुष्टि भएको छ ।
संक्रमितहरु ३ वर्षदेखि ४८ वर्ष उमेरका रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरु १८ जना पुरुष र ७ जना महिला रहेका छन ।
यो सँगै नेपालमा संक्रमितको संख्या ४२७ जना पुगेको छ ।
त्यसैगरी आजै ८ जना कोरोना संक्रमितका विरामीहरु निको भएर घर भएर फर्केका छन । विराटनगर कोशी अञ्चल अस्पतालवाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
निको हुनेहरुको संख्या ४५ जना पुगेको छ ।
Categorized in राष्ट्रिय