१८ बैशाख २०८१, मंगलबार
Header

१५ जना कोरोना संक्रमित थपिए


प्रकाशित: मंगलवार, ६ जेठ २०७७, १२ः३० बजे
- महानगरखबर

काठमाडौं ।आज झापामा ९ जना, सुनसरीमा २ जना र कपिलवस्तुमा ४ जना कोरोना संक्रमण पुष्टि भएका छन । 


मंगलवार झापा र सुनसरीमा संक्रमण पुष्टि भएकाहरुका कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशाला पीसीआर परीक्षण गरिएको थियो । 


कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राका अनुसार झापाका संक्रमितहरु केचनकवल गाउँपालिकाका भएका अनलाईनखवरले समाचार प्रकाशित गरेको छ । 


समाचार अनुसार सुनसुरीका कोरोना संक्रमण पुष्टि भएका २ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको थियो ।


संक्रमितहरु इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी रहेको खुलेको छ । 


आजै कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 


मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषको भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो । 


उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD