१८ बैशाख २०८१, मंगलबार
Header

सिसडोलवासीको माग पुरा, फोहर बिसर्जनमा अवरोध हटयो


प्रकाशित: सोमवार, ५ जेठ २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सिसडोलवासीले कोरोना परीक्षणको माग काठमाडौं महानगरले पुरा गरिदिने भएपछि तत्काल अवरोध हटेको छ ।  


फोहर फाल्न अवरोध भएपछि काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा भएको छलफलमा सिसडोलवासीको कोरोना परीक्षण गर्ने सहमित भएको छ । 


प्रमुख शाक्यका अनुसार ककनी गाउँपालिका जनप्रतिनिधिहरु र सिसडोलवासीहरुको आरडीटी र पीसीआर परिक्षण गरिने सहमित भएको हो । 


ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएपछि काठमाडौंको फोहोर रोकिने अवस्था आएको थियो ।


ककनी गाउँपालिकाले स्थानीयको स्वस्थ्य परीक्षणको माग गर्दै फोहोर विसर्जन गर्न रोक लगाएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD