काठमाडौँ । कांग्रेस नेतृत्व गुटको चपेटामा परेको नेविसंघको महाधिवेशन अन्यौल रहेको बेला महाधिवेशन हुने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताएका छन् ।
नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन काठमाडौमा साउन २३ देखि २७ गतेसम्म हुने अध्यक्ष महरले जानकारी दिए । बिहीबार नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष महरले संघीयतामा देश गएको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकूल बनाएर मस्यौदा तयार भइरहेको बताएका छन् ।
असार १ देखि सदस्यता वितरण गर्ने, असार २० देखि सबै शैक्षिक संस्था, स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने नेविसंघले जनाएको छ ।
Categorized in समाज