काठमाडौं । आज दिउँसो न्यूरोडको प्यूखास्थित एक पाँच तले घरमा आगलागी भएको छ ।
प्रहरीका अनुसार घरबाहिर रहेको बिजुलीको तार सर्ट भएर भएको आगलागीको कारण घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको छ ।
काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रलगायतका दमकलको सहायतमा नियन्त्रणमा लिइएको छ ।
Categorized in समाज