काठमाडौं । विहिवार थप ५ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार सर्लाहीमा एक जना, धनुषाको मिथिला नगरपालिका र जनकपुर नगरपालिकमा २ जना, महोत्तरीको वलुवा नपा र जलेश्वर नपामा २ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
संक्रमितहरु १६ देखि ४५ वर्ष उमेरका पुरुष तथा महिला रहेका छन ।
आजै काठमाडौ र कपिलवस्तुमा थप २ जना कोरोना पोजिटिभ देखिएको थियो ।
उनीहरुको राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंमा परिक्षण गरिएको थियो ।
नेपालमा अहिलेसम्म संक्रमितको संख्या २५० पुगेको छ भने निको हुने ३५ जना रहेका छन ।
Categorized in राष्ट्रिय