काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ र भक्तपुरमा ३ जना सहित थप २६ जनामा कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ ।
मंगलवार राती १०ः१५ मा मन्त्रालयले कोरोना अपडेट गरे अनुसार काठमाडौंमा ३३ वर्षीया महिला, भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
हिजो एकै दिन देशभर ८३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।
यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
महोत्तरीमा २ जना पुरुष र सर्लाहीमा, धनुषमा पनि देखिएको छ ।
Categorized in राष्ट्रिय