काठमाडौं । उदयपुरको भुल्केका थप एकजना कोरोना संक्रमित भेटिएको छ ।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा भुल्केका एक महिलामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ११० पुगेको छ ।
आज विहान ३ जना भुल्केकै महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरको कोसी अस्पतालमा उनीहरुलाई भर्ना गरिएको छ ।
आज थपिएकी संक्रमितलाई भने सोमवार अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ ।
यो सँगै आज एकैदिन ८ जनामा एकै कोरोना संक्रमण भएको हो ।
Categorized in राष्ट्रिय