काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलिय पदार्थको मूल्यबृद्धि विरुद्ध आन्दोलन चर्काउने भएको छ ।
बुधबार नेविसंघले आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।
नेविसंघका सभापति नैनसिंह महरले जनताको ढाँड सेक्ने गरी गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् ।
सरकारले मूल्य समायोजनको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेपछि केही दिन अघि आन्दोलन सुरु गरेको थियो ।
जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएको थियो ।
Categorized in राष्ट्रिय