काठमाडौं । वारा र वीरगन्जमा गरी वुधवार ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ ।
संक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षका पुरुष हुन् ।तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।
संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । हिजो रौतहटका दुईजना संक्रमित भेटिएको थियो ।
कोरोना संक्रमणवाट निको हुनेको संख्या १६ पुगेको छ ।
Categorized in राष्ट्रिय