काठमाडौं । आज थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।
पर्साको वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५१ पुगेको छ ।
अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
आज थपिएका दुबै संक्रमित पुरुष ५० वर्ष उमेरका हुन । एकजना महानगरका सफाई गर्ने नाइके हुन ।
संक्रमणवाट निको हुने १६ जना पुगेको छ ।
Categorized in राष्ट्रिय