काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले काम चोर ठेकेदारलाई तह लगाएर छाड्ने चेतावनी दिएका छन् ।
बुधबार आफ्नो १ सय दिनको भएको कामबारे जानकारी दिन गृहमन्त्रालयमा अयोजित कार्यक्रममा गृहमन्त्री थापाले काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने दृढता व्यक्त गरेका छन ।
उनले राज्यसँग भएको सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मन्छ, त्यसैले काम नगर्ने ठेकदार, सांसद वा नेता भएपनि नछाड्ने बताएका छन् ।
अहिले राजधानीमा मात्र सानाठूला गरी ५०० वढी परियोजना रहेको र त्यसमध्ये ३०० बढीमा सम्झौता अनुसार काम नभएको गृहमन्त्री थापाले जानकारी दिए ।
यता, निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले निमार्ण व्यवासायीहरुलाई गृहमन्त्रीले अनावश्यक लान्छना लगाई मनोबल गिराउन खोजेको अरोप लगाएको छ । जंगबहादु शैलीले आजको समयमा काम नहुने भन्दै निर्माण व्यवासायीहरुलाई दुःख दिने काम बन्द गरिनु पर्ने उनेले बताएका छन् ।
Categorized in समाज