१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा आपूर्ति सहज बनाउन महानगरको छलफल


प्रकाशित: विहिवार, ११ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौ । काठमाडौ महानगरपालिकाले विहिवार सरोकारवालाहरुसँग महानगर क्षेत्रभित्र आपूर्ति सहज बनाउने वारे छलफल गरेको छ । 


लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा अप्ठेरो परिरहेकोले आपूर्ति व्यवस्थापनमा महानगरले ध्यान दिँदै छलफल अघि बढाएको हो ।  


्महानगर प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा भएको छलफमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सहसचिव राजेश्वर ज्ञवालीलगायतको पनि उपस्थितिमा भएको छलफलमा आपूर्ति व्यवस्थामा एकरुपता ल्याईने भएको छ । 


प्रमुख शाक्यले अहिले लकडाउनको अवस्थामा अतिविपन्न, असहाय र मजदुरलाई मात्रै राहतको व्यवस्था गर्ने होइन आफैँ किन्न सक्नेलाई किन्ने वातावरण समेत निर्माण गरिदिनु पर्ने अवस्था रहेको बताएका छन । 


सो छलफलको क्रममा प्रमुख शाक्यले महानगरपालिको गरेको राहत वितरण र विपिन्नहरुलाई खाना खुवाएको वारे जानकारी दिएका थिए । 


काठमाडौँ महानगरपालिकाबाट मात्रै ६२ हजार सात सय २२ जनाले राहत प्राप्त गरेको र १४ हजार पाँच सय १७ जनालाई खाना खुवाएको जानकारी दिए । 


महानगरपालिका क्षेत्र भित्रका आठ सय ५६ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख शाक्यले जानकारी दिएका थिए । महानगरपालिका क्षेत्रभित्रका पसल खोलने विषयमा महानगर र प्रहरीविच समन्वय स्थापना गरी अघि बढ्नु पर्नेमा प्रमुख शाक्यको भनाई थियो । 


छलफलमा उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले लकडाउनलाई केही खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई बिस्तारै चलायमान बनाउनु पर्नेमा जोड दिएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex