काठमाडौं । प्रहरीले बीरगंजबाट लुकाई छिपाई २ हजारका दरको ३१ लाख ८० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० बस्ने ३० बर्षीय चित रन्जन प्रसाद र भारत मोतिहारी बस्ने १८ बर्षीय रोहित केशरी रहेका छन् ।
बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकमा भारतबाट नेपालतर्फ आँउदै गरेको उनीहरु सवार ना.२७ प ३८११ नम्वरको मोटरसाइकललाई चेक गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त भारतीय नोट सहित उनीरुलाई पक्राउ गरेको हो ।
Categorized in अर्थबजार