काठमाडौं । चर्चित गायिका सरिश्मा अमात्यले नयाँ म्यूजिक भिडियो ‘ढुकढुक गर्ने दिलैमा’ सार्वजनिक गरेकि छिन ।
हाल अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा बस्दै आएकी गायिका अमात्यले आफ्नो घरभित्रैबाट भिडियो बनाइ सार्वजनिक गरेकि हुन ।
संक्रमण फैलिन नदिन सबैजना घरमै बसेर भौतिक दुरी कायम राखौं भन्ने सन्देश दिन यो म्यूजिक भिडियो बनाएको अमात्यले भनिन ।
‘अहिलेको अवस्थामा समाजलाई सुरक्षित र संक्रमणमुक्त बनाउन घरमै बसौं । र घरमा बसेर पनि केही न केही श्रृजनात्मक काम गर्न सकिन्छ भन्ने सन्देश दिन नै यो म्यूजिक भिडियो बनाएकि हुँ’ अमात्यले भनिन ।
घरभित्र बसेर आफुले जानेका श्रृजनात्मक कामहरु गर्दै समाजलाई पनि मनोरन्जन दिन अमात्यले सबैलाई आग्रह पनि गरिन ।
अमात्यकै घरभित्र गीतको छायाङ्कन गरिएको गीतको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम उनकै घरभित्रबाटै भएको छ । छायाङ्कनको लागि श्रृङ्गार त अमात्य आफैले गरिन ।
गीतको निर्देशनको साथै क्यामेरा र भिडियो एडिटिङको काम गायक संजीप प्रधानले गरेका छन । गायक प्रधान सरिश्माका पति हुन ।
करीब १५ वर्ष अघि नै रिलिज भएको सरिश्माको एल्बम मधुरीमा २ को यो गीतमा संगीत चर्चित संगीकार अनिल शाहीको रहेको छ भने रचना जनक दिप पराजुलीको रहेको छ ।
Categorized in मनोरन्जन