काठमाडौँ । पूँजीगत लाभकर बढाएको विषयमा शेयर लागनीकर्ताहरुले आन्दोलन चर्काएपछि अर्थ मन्त्रालयले मंगलबार वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो ।
मन्त्रालयले समितिलाई १५ दिनभित्र शेयर बजारको समग्र समस्या समाधानका लागि कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
शेयर लगानीकर्ताहरु सोमबारदेखि आन्दोलनरत छन् ।
Categorized in बजार