२ भाद्र २०८३, मंगलबार
Header

कामपा १५ वडा अध्यक्ष डंगोलसहित ४६ जनाको कोरोना टेस्ट


प्रकाशित: शुक्रवार, ५ बैशाख २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तथा महानगर प्रवक्त ईश्वरमान डंगोलसहित ४६ जनाको कारोना टेस्ट परिक्षण गरिएको छ ।


शुक्रवार १५ वडाको सामुदायिक स्वास्थ्य परिषद् परिसरमा ४६ जनाको कोरोनाको Rapid Diagnostic Test RDT परीक्षण भएको हो । 


काठमाडौं महानगरपालिकाको संयोजनमा १५ वडाको सक्रियतामा हालसालै  विदेशबाट आएका व्यक्तिहरुको हो ।  


१५ वडा अध्यक्ष ईश्वरमान डंगोलले अन्य व्यक्तिहरुलाई हौसला प्रदान गर्न परिक्षण गरिएको बताएको छ । 


स्वास्थ्य सेवा बिभागबाट ईपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पिताम्बर पन्त, राजेन्द्र खड्का, बुद्ध रत्न महर्जन, फणेन्द्र ज्ञवालिलगायतका ल्याव टेक्निसियन अफिसरहरुबाट टेष्ट भएको हो ।


वडा अध्यक्ष डंगोलका अनुसार अहिलेसम्म वडावासिहरुको सहयोगका कारण वडा सुरक्षित भएको र आगामि दिनहरुमा पनि लकडाउनको पालना गरि वडालाई अझ सुरक्षित बनाउनमा मद्दत गर्न लकडाउनको पालना गरि घरमै बस्न आग्रह गरे । 


कोरोना परिक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex