१२ भाद्र २०८३, शुक्रबार
Header

कलंकीमा औषधी लिएर फर्केका सर्वसाधारणमाथि प्रहरीद्धारा कुटपिट


प्रकाशित: शुक्रवार, ५ बैशाख २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । कलंकीमा विहिवार औषधी लिएर फर्केका एक महिलासहित ३ जनामाथि कुटपिट भएको घट्ना सार्वजनिक भएको छ ।


बेलुका करिब ५ बजेको समयमा कलंकी चोक र कलंकी मन्दिर बीचमा प्रहरी र तीन जनाविच भएको भनाभन लगत्तै प्रहरीले उनीहरुमाथि लाठी चार्ज भएको भिडियो हेल्थपाटी युटुवले देखाएको छ । 


प्रहरीको लाडी चार्च भएपछि उनीहरुले चिच्चयाउँदै गुहार समेत मागेको उक्त भिडियोमा देखाएको छ । उनीहरु एक स्थानीय औषधी पसलबाट औषधी लिएर फर्केका थिए । 


उनीहरुले औषधि किनेको भन्दाभन्दै प्रहरीले अभद्र व्यवहार गरेपछि उनीहरूले प्रहरीलाई तपाईंहरूले यस्तो गर्न पाउनु हुन्नु भनेका थिए ।


अहिले यो घट्नालाई लिएर सामाजिक सञ्जालमा तिव्र ओलोचना भईरहेको छ । यस अघि बुधवार साँझ प्रहरी नायब उपरीक्षकको टोलीले शिक्षण अस्पताल छेउमा डेरामा फर्किरहेका डाक्टरहरूलाई कुटपिट गरेको थियो । 


घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा छानविन समिति बनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex