काठमाडौँ । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान दिने घोषणा गरेको छ ।
महानगरका अनुसार लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनुकासाथै एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ ।
महानगरवासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्भावित बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि कामपाले हटलाइन नम्बर ११८० को व्यवस्था गरेको जानकारी दिए ।
सोमबार कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घ, नेपाल (काठमाडौँ जिल्ला कार्यसमिति) सँग उक्त सेवा दिने सम्झौता गरेको हो ।
सम्झौता पत्रमा कामपाका प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक सङ्घका तर्फबाट अध्यक्ष गोबद्र्धन सापकोटाले संयुक्तरूपमा हस्ताक्षर गरेका छन ।
Categorized in स्थानिय