काठमाडौं । नेपाल फेरि एक बृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं पीसीआर विधिबाट गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको बताईएको छ ।
हाल उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ । यस अघि उनलाई ¥यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेभिट आएको थियो ।
रिपोर्ट नेगेटिभ देखेपछि २८ चैतमा घर पठाइएको थियो । उनलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।
अब नेपालमा ३ भारतीयसहित १३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
Categorized in राष्ट्रिय