काठमाडौं । पर्साको बीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
कोरोना पोजिटिभहरुलाई नारायणी अस्पतालको आईसोलेसनमा राखेको समाचार अनलाईनखवरले आईतबार प्रकाशित गरेको छ ।
समाचार अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएको छ ।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आए पछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो ।
उनीहरु वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका थिए ।
संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएको समाचारमा उल्लेख छ ।
उनीहरुको कोरोना संक्रमणको सामाचार आएपनि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयलबाट भने पुष्टि हुन बाँकी रहेको छ ।
Categorized in राष्ट्रिय