१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पशुपंक्षीलाई खाना खुवाउन महानगर प्रमुख – उपप्रमुख पशुपति र स्वयम्भूमा


प्रकाशित: शनिवार, २९ चैत्र २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठसहितको जनप्रतिनिधिको एक टोलीले पशुपंक्षीहरुलाई खाना खुवाएका छन ।


शनिवार महानगरको केन्द्रिय टोलीले सम्पदा क्षेत्र पशुपति र स्वयम्भू क्षेत्रमा रहेका बाँदर तथा चौपायहरुलाई खाना खुवाउनुका साथै उनीहरुको आहार व्यवस्थपनको अनुगमन समेत गरेका छन । 


महानगर प्रमुख शाक्यले लकडाउन अवधिभर कुनै पनि पशुपंक्षी भौकै नपरुन भन्दै आहारको व्यवस्थापन गरेको बताएका छन ।


महानगर क्षेत्रभित्र भएका चौपाया, बाँदर तथा पंक्षीहरुको आहारको जिम्मा महानगरको भएको प्रमुख शाक्यले बताउँदै उनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि आफूहरुले ४३ औं नगर कार्यपालिका बैठकबाट पशुपंक्षीको आहार व्यवस्था गर्ने निर्णय भएको जानकारी दिए ।

 


सो अवसरमा उप्रमुख खड्गीले मान्छेदेखि लिएर पशुपंक्षी कसैको पेट भोको छ कि छैन ? यो हेर्ने जिम्मेवारी आफूहरुको भएकोले प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै एकै पटक अनुगमनमा हिँडेका बताईन । 


महानगरमा भएका ४ वटा बिश्व सम्पदा क्षेत्रमध्ये स्वयम्भू र पशुपति क्षेत्रमा बाँदरको संख्या धेरै छ भने बसन्तपुर र बौद्ध क्षेत्रमा परेवा धेरै छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex