काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) बाट मृत्यु हुने भारतमा अहिलेसम्म दुई सय ३९ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या पनि सात हजार चार सय ४७ पुगेको छ भने महाराष्ट्रमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ ।
महाराष्ट्रमा अहिलेसम्म एक सय १० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी मध्यप्रदेशमा ३३, गुजरातमा १९ र दिल्लीमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
महाराष्ट्रमा एक हजार पाँच सय ७४ संक्रमित देखिएका छने भने तामिलनाडुमा नौ सय ११ र दिल्लीमा संक्रमितको संख्या नौ सय तीन पुगेको छ ।
Categorized in अन्तर्राष्ट्रिय