काठमाडौं । रातो मच्छिन्द्रनाथलाई बैशाख कृष्ण पक्षको प्रतिपदाको दिन आज बिहीबार महास्नान गराइएको छ ।
मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको हो । अहिलेको विषम परिस्थिती कोभिड– १९ को कारण मुलुक लक डाउनको अवस्थामा जात्रा–पर्व नगर्न सरकारले अनुरोध गरेको छ ।
सरकारले सामाजिक दुरी कायम राख्न यस्ता कार्यक्रम नगर्नू भनेकाले रथ उठाउने वा नउठाउने विषयमा गुठी संस्थानका प्रतिनिधिविच छलफल चलिरहेको छ ।
मच्छिन्द्रनाथलाई स्नान गराएपछि विधिअनुसार शुक्रबारदेखि रथ बनाउने काम सुरु गर्नुपर्ने हुन्छ ।
तस्वीरः रोहित महर्जन/अमित मचामसि
Categorized in सम्पदा/संस्कृति