७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रदेश सरकारको विरोधपछि काठमाडौंबाट बाहिर जान दिने निर्णय रोकियो


प्रकाशित: विहिवार, २७ चैत्र २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । लकडाउनको कारण काठमाडौंबाट घर जान नपाएकाहरुलाई सरकारले शुक्रवार र शनिवार जान दिने निर्णय उल्टाएको छ ।


प्रदेश सरकारको विरोधपछि संघीय सरकारले उक्त निर्णयलाई उल्टाउँदै उपत्यका बाहिर जान नदिने निर्णय गरेको छ । 


संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न नसकेपछि उपत्यकाबाट बाहिर जानेहरुको चाहाना रोकिएको छ । 


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।


गहृ मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय सरकार पछि हटेको हो । 


यस अघि विहिवार वसेको समितिको बैठकले घर जान चाहनेहरूलाई सरकारले नै गाडीको व्यवस्था गर्ने निर्णय समेत गरेको भन्दै समाचारहरु बाहिर आएको थियो । 


सरकारले लकडाउन गरेसँगै काठमाडौंबाट बाहिर जान चाहनेहरु काठमाडौंमा बस्न बाध्य भएका थिए भने कतिपय सर्वसाधरण हिँडेरै आफ्नो गन्तव्यमा पुगेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex