काठमाडौं । लकडाउनको कारण काठमाडौंबाट घर जान नपाएकाहरुलाई सरकारले शुक्रवार र शनिवार जान दिने निर्णय गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले उनीहरुलाइ घर जाने सुविधा दिएको हो ।
विहिवार वसेको समितिको बैठकले घर जान चाहनेहरूलाई सरकारले नै गाडीको व्यवस्था गर्ने निर्णय समेत गरेको सेतोपाटी डटकमले उल्लेख गरेको छ ।
घर जान चाहनेहरुलाई कसरी पठाउने विषयमा मोडालिटी तयारी भईरहेको गृह प्रवक्ता केदारनाथ शर्माले बताएको सामाचारमा बताइएको छ ।
सरकारले लकडाउन गरेसँगै काठमाडौंबाट बाहिर जान चाहनेहरु काठमाडौंमा बस्न बाध्य भएका थिए भने कतिपय सर्वसाधरण हिँडेरै आफ्नो गन्तव्यमा पुगेका छन ।
उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा सरकारकै गाडीले पुर्याइदिने भएको छ ।
बाहिरबाट काठमाडौं आउनेको हकमा आउन दिईने छैन ।
Categorized in राष्ट्रिय