काठमाडौं । कीर्तिपुर नगरपालिका वडा १० स्थित ट्याङ्लामा एक जना व्यक्तिले आत्महत्या गरेका छन ।
शुक्रवार विहान चितवन जिल्ला भरतपुर नगरपालिका १२ स्थायी घर भएका गणेश गौतमले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त, कीर्तिपुर प्रमुख प्रनाउ छेदिलाल कामतीका अनुसार गत दुई महिनादेखि किड्नीको बिरामी गौतम वीर अस्पतालमा डायलाइसिस गर्दै आएका थिए ।
बिहान करिब साढे ६ बजे भएको घटना ढोकामा आवाज आएपछि परिवार ब्युंझिंदा गौतम कौसीको ढोकामा छट्पटिरहेको देखेपछि तत्काल प्रहरीलाई जानकारी गराई कीर्तिपुर अस्पताल पुर्याईएको थियो ।
गौतमको अस्पतालको आकस्मिक कक्षमा जाँचपछि अस्पतालले मृत घोषणा गरिएको थियो ।
कीर्तिपुर–१० का वडा अध्यक्ष अमन महर्जनको रोहवरमा मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि महाराजगञ्जस्थित शिक्षण अस्पताल पाईएको प्रहरी स्रोतबाट जानकारी प्राप्त भएको छ ।
हप्तामा दुई पटक डायलाइसिस गर्नुपर्ने र लक डाउनले गर्दा समस्या भोग्दै आएको उनको पारिवारिक स्रोतले बताए ।
गौतमका एक श्रीमती, छोरा र छोरी छन ।
तस्वीर सौजन्यः विरेन्द्र शाक्यको फेसबुकबाट
Categorized in समाज