३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

‘कोरोना’लाई सामन्य रुपमा नलिन महानगर प्रमुख शाक्यको अपिल


प्रकाशित: विहिवार, २० चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड — १९ (कोरोना भाइरस) लाई सामान्य रुपमा नलिन आग्रह गरेका छन । 


महानगरपालिकाका प्रमुख शाक्यले विहिवार एक अपिल जारी गरी सरकारले जारी गरेको लकडाउनको आदेश नागरिकले पालना नगरेका कारण बिकसित देशमा भाइरसको संक्रमण फैलिएको तथ्यलाई मनन गरेर महानगरबासीले सरकारले ‘घरमै बस्न’ गरेको आग्रह मान्न अनुरोध गरेका हुन ।


प्रमुख शाक्यले अपिलमा महानगरले ‘कोरोना भाइरस भाइरस सम्बन्धि राहत वितरण मापदण्ड — २०७६’ पारित गरेको मापदण्डभित्र पर्नेहरुले मात्र राहत लिन आग्रह गर्दै अन्यले राहत नलिन आग्रह गरेका छन । 


मापदण्डभित्र दैनिक खाना र खाजा खान बचत नहुने अति विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने बर्गका व्यक्तिलाई परिभाषित गरिएको छ ।


मापदण्डभित्र पर्ने अभिभावक नभएका, आफ्नो आयश्रोत तथा जायजात नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय हुन । 


यस परिभाषाभित्र महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्तिलाई पनि राखिएको छ । 


त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौ धौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।


दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भन्नाले संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौं महानगरमा विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका, काठमाडौंमा घर जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदुर भनिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex