काठमाडौं । भक्तपुरका युवा क्लवहरुले भक्तपुरका विभिन्न ७ स्थानमा हात धुने ट्याङ्कीको व्यवस्था गरेको छ ।
टौमढी युथ क्लबको नेतृत्वमा आम सर्वसाधारण जनताहरुलाई हात धुनको लागि सो व्यवस्था गरेको हो ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम तथा रोकथाम गर्न भक्तपुर नगरभित्रका विभिन्न सात स्थानहरुमा ५०० लिटरको पानी ट्याङ्की र साबुन व्यवस्था गरेको छ ।
७ वटा ट्याङ्कीहरुमध्ये ४ वटा लायन्स क्लव अफ भक्तपुर नरसिंह, दुईवटा लायन विष्णुभक्त मारिखुले सहयोग स्वरुप उपलब्ध गराएको हो भने त्यसमा पानी भर्ने काम जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले जिम्मा लिएको छ ।
तस्वीर सौजन्यः नेमस्ते भक्तपुर
Categorized in समाज