१८ बैशाख २०८१, मंगलबार
Header

महानगरको आग्रह– सहकारी सदस्यलाई रकम देउ


प्रकाशित: बुधवार, १९ चैत्र २०७६, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहातका सहरकारीलाई ‘लकडाउन’को अप्ठेरो घडीमा बचतकर्तालाई पैसा दिन आग्रह गरेको छ । 


महानगरले आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको हो । 


कामपा सहकारी विभागले मंगलवार मातहतका सबै सहकारीलाई पत्राचार मार्मत सहकारीका बचतकर्ताहरुलाई यस्तो संकटको घडीमा बचत रकम उपलव्ध गराउन भनेको छ । 


विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले सरकारले विभिन्न मितिमा गरेका निर्णय, राष्ट्र बैंकले गरेका परिपत्र र सङ्क्रामक रोग आवश्यक सेवा सञ्चालन ऐन २०१४, सङ्क्रमण रोकथामका लागि महानगरले गरेको व्यवस्थाका आधारमा सहकारीलाई अनुरोध गरेको बताए ।


उत्पादन र उपभोक्ता सहकारीले उत्पादित वस्तुको सहज वितरण व्यवस्था मिलाउन आग्रह गर्दै पत्रमा आफ्ना सदस्यलाई सम्भव भए मास्क र स्यानिटाइजर उपलब्ध गराउन र प्रयोग गर्न प्रोत्साहन गरिएको छ । हाल कामपामा करिब एक हजार ९०० सहकारी छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD