काठमाडौं । सरकारले लकडाउनको घोषण गरेपछि उपभोग्य सामान खरिदको लागि दुरी कायम गर्न थालिएको छ ।
एक मिटरको दुरी बनाएर पसलमा उपभोग्य समानको खरिद गर्न सरकारले आग्रह गरेपछि काठमाडौंको असन लगायत विभिन्न स्थानमा चारकुने घेरा कोरिन थालेको छ ।
विहान र बेलुका खाध्यन्न पसल खुल्ने भएपछि सर्वसाधरणको भीड पसलमा देखिँदा कोरोना भाईरसको जोखिम बढ्ने खतरा भएकोले न्यूनतम दुरी कायम गर्न थालिएको हो ।



तस्वीरः परिवेश बज्राचार्यको फेसबुकबाट
Categorized in समाज