काठमाडौं । भारतको बिहारमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।
कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ बर्षिय पुरुषको बिहारको राजधानी सहर पटनाको एम्स अस्पतालमा मृत्यु भएको हो ।
उनमा कोरोना भाईरसको संक्रमण गरेको पुष्टि भएको छ । शनिवार विहान मृत्यु भएका उनको दुवै मृगौला काम नलाग्ने भएको थियो ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ भने विहारमै अर्का कोरोना संक्रमित व्यक्ति अहिले आइसोलेसन वार्डमा रहेको छ ।
उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेहको रोग रहेको बताइएको छ ।
भारतमा अहिलेसम्म ३३२ जना संक्रमित भेटिएका छन । भारतमा आइतबार जनता कफ्र्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।
Categorized in समसामायिक