काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको सबै वडमा एक हजार थानको दरले मास्क पठाएको छ ।
शनिवार महानगरको ३२ वटै वडामा मास्क र आधा लिटरका २ थान स्यानिटाइजर पठाएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।
वडामा गठन गरिएको बिपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिको समन्वयमा मास्क वितरण कार्य हुने ज्ञवालीले जानकारी दिए ।
वातावरण व्यवस्थापन बिभागका लागि ३ हजार थान मास्क पठाएका महानगरको सहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्य बताए ।
त्यहाँ पठाइएका २ वटा स्यानिटाइजरमध्ये एउटा वडा क्लिनिक र अर्को वडा कार्यालयका लागि हो ।
त्यसैगरी महाशाखाले सहरी स्वास्थ्य क्लिनिकका अतिरिक्त अन्य बिभिन्न २१ ठाउँमा स्वास्थ्य सहायता कक्ष सञ्चालनको तयारी गरेको छ ।
Categorized in समाज