काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृहमा हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ ।
नोभल कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको डेस्कमा कोरोनाबारे परामर्श सेवा तथा टेलिफन सेवा लिन सकिने छ ।
महानगरको आकस्मिक बैठकले २४ घण्टा टेलिफाने सेवा दिईने महानगरले जनाएको छ । महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार शनिबार बाट टेलिफोन सेवा पनि सुचारु हुनेछ ।
यस कक्षबाट अस्पताल र बिरामीहरुसँग समन्वय गरेर उपचारका लागि सहजीकरण गर्ने काम हुनेछ ।
हिजोको कार्यपालिकाले भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि १० करोड रुपैयाँको आकस्मिक कोष स्थापना गर्ने, केन्द्र र वडास्तरमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, प्रचार सामाग्रीसहितका सहायता कक्ष स्थापना तथा सञ्चालन गर्नेलगायत निर्णय गरेको थियो । त्यसको भोलिपल्टै केन्द्रमा सहायता कक्षको पूर्वाधार तयार गरिएको हो ।
शुक्रवार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले एक अपिल जारी गर्दै संक्रमणको आशंका लागे हटलाइन ११८० मा सम्पर्क गर्न, भीडभाड नगर्न अनुरोध गरेका छन ।
Categorized in समाज