काठमाडौं । भारतीय प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा टयांकर चालकहरुले पेट्रोलिय पदार्थ ढुवानी बन्द गरेपछि राजधानीको पेट्रोल पम्पहरु बन्द देखिएको छ । तर नेपाल आयल निगम थानकोट डिपोबाट माग भन्दा दोब्बर तेल विक्री गरेकोले पेट्रोल सहज हुने निगमका अधिकारीहरुले बताएका छन् ।
सोमबार थानकोट डिपोबाट ११ लाख लिटर पेट्रोल र १३ लाख लिटर डिजल वितरण गरिएको जनाएको छ ।
टयांकर चालकहरुसँग बार्ता चलिरहेकोले भोलीसम्म यो समस्या समाधान हुने विश्वास गरिएको निगमका अधिकारीको भनाई रहेको छ ।
अहिले काठमाडौंमा सामन्यतः ५ लाख लिटर पेट्रोलको खपत हुन्छ भने डिजल ८ लाख लिटर खपत हुन्छ ।
Categorized in बजार