३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महानगरद्वारा १० करोडको आपतकालीन कोषको स्थापना, हेल्प डेस्कबाट फ्रि मास्क 


प्रकाशित: विहिवार, ६ चैत्र २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोना भाईरस न्यूनिकरणको लागि काठमाडौं महानगरपालिकाले १० करोडको आपतकालिन कोषको स्थापना गरेको छ । 


महानगरको विहिवार बसेको आपतकालिन बैठकले कोषको रकम साना वडालाई २ लाख, मझौलालाई तीन लाख र  ठुला वडालाई ४ लाख निकास दिने निर्णय गरेको छ । 


महानगरले स्थापना गर्ने २४ घण्टे हेल्पडेस्कबाट सित्तैमा मास्क तथा ह्यान्ड सेनिटाइजर वितरण गर्ने बताइएको छ । 


त्यसैगरी कोरोनाभाइरसका बारेमा जनचेतना जगाउनका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पलेट, ब्यानरजस्ता प्रचार सामाग्री तयार गरी वितरण गर्ने जनाएको छ ।


बैठकले आफ्नो कार्यालय तथा कार्यकक्ष डिसइन्फेक्सन गर्ने जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex