काठमाडौँ । विश्व पुनःप्रयोगीय दिवशमा काठमाडौं महानगरका सफाईकर्मीहरु सम्मानित भएका छन ।
महानगर प्रवक्ता एंवम कापमा १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले सम्मान गरेका हुन ।
सम्मानित हुनेहरुमा स्वाभिमानी सरसफाइ सहकारी संस्थाका उपाध्यक्ष रामेश्वर पोखरेल, एकीकृत पुनः प्रयोगीय बस्तु संकलन तथा प्याकेजिङ् सेन्टरका अध्यक्ष बासुदेव उप्रेती र सदस्य जयबहादुर लो रहेका छन ।
त्यसैगरी संयुक्त सफाइ जागरण बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष माया तामाङ्, अप—साइकल नेपालका सहसंस्थापक राजन चक्रधर, टायर ट्रेजरकी सहसंस्थापक ओजस्वी बैद्य र मिलीजुली सरसफाइका सञ्चालक टीका नगरकोटी रहेका छन ।
गुथिले काठमाडौं रिसाइकल र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सो दिवसका कार्यक्रम आयोजना गरेको हो ।
सन २०१८ बाट ग्लोबल रिसाइक्लिङ् फाउन्डेसनले फोहोरको परिमाण घटाएर वातावरण सुधारमा जनसहभागिता बढाउने उद्देश्यले शुरु गरेको यो दिवस नेपालमा पहिलो बर्ष मनाइएको हो ।
सो कार्यक्रममा डंगोलले काठमाडौंको फोहोर संकलन गर्दा स्थानीयबाट बार्षिक करीब ८० करोड रुपैयाँ आय हुने गरेको अनौपचारिक तथ्याङ्क छ रहेका बताए ।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाह, महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ, गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्य काठमाडौं सिसाइकलका संयोजक जानु डंंगोल लगायतका उपस्थिती रहेको थियो ।
Categorized in समाज