१२ भाद्र २०८३, शुक्रबार
Header

सिनेमा हल, डान्सवार बन्द गर्ने सरकारको निर्णय, २५ जना बढि भेला हुन नपाईने


प्रकाशित: बुधवार, ५ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले सिनेमा हल, जिम हल, नाइट क्लब, रंगशाला, सांस्कृतिक केन्द्र, हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू बन्द गर्ने निर्णय गरेको छ । 


बुधवार बसको उच्चस्तीयर समन्वय समितिको बैठकल ३० अप्रिल सम्मको लागी यी सबै संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । 


त्यसैगरी सार्वजनिक स्थलमा २५ जना भन्दा बढि मानिस भेला गर्न नपाईने समेतको निर्णय गरेको छ । अब पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने भएको छ ।


समितिको बैठकले पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई समेत रोक लगाइको छ ।


यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको हो । 


अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।


कोरोना संक्रमित विरामी देखिएमा उक्त विरामीलाई कुन अस्पतालमा उपचार गर्ने भन्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex