१८ बैशाख २०८१, मंगलबार
Header

स्पेनका प्रधामन्त्री पत्नीलाई कोरोना संक्रमण, स्पेनमा १९३ जनाको मृत्यु 


प्रकाशित: आईतबार, २ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाईरस संक्रमण भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।


स्पेनमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।


स्पेनमा कोरोना संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेका छन भने सरकारले आफ्ना नागरिकहरूलाई खाना, औषधि, काममा जान वा अस्पताल र आपतकालिन कामको अवस्थामा बाहेक घरै बस्न आग्रह गरेको छ । 


त्यसैगरी बार, रेष्टुरेन्ट, पसलहरू सिनेमा हल, स्विमिङ पुल, थिएटर तथा फुटबल रंगशाला जस्ता  मनोरञ्जन  स्थलहरू बन्द गर्न निर्देशन दिएको छ । 


यसैगरी सोमबारबाट लागु हुने गरी उसले आन्तरिक एयरलाइन्स,रेल तथा डुङ्गा संचालकहरूलाई आफ्नो सेवा आधाले कटौती गर्न भनेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD