७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओली डिस्चार्ज, बालुवाटार फर्किए


प्रकाशित: शुक्रवार, ३० फागुन २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार टिचिङ अस्पतालबाट डिस्चार्ज भएका छन । 


मिर्गौला प्रत्यारोपणको १० औं दिनमा प्रम ओली अस्पतालबाट प्रधानमन्त्री निवास वालुवाटार फर्किएका हुन ।


प्रम ओलीको २१ गते मृगौला प्रत्यारोपण गरेपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका थिए । १९ गते उनी अस्पताल भर्ना भएका थिए ।  


साँझ घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए ।


प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex